३० आश्विन २०८३, शुक्रबार

गृह जिल्लामै ओलीको पुत्ला दहन, माफी माग्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliलक्ष्मी काफ्ले
बिर्तामोड, २४ पुस । मधेशी जनताको भावनामा ठेस पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै मधेशी दलका नेताहरुले बिहीवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामै पुत्ला दहन गरेका छन् ।
बिर्तामोडको मुक्तिचोकमा उनीहरुले पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि विरोधसभालाई तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी र सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशले सम्बोधन गरेका थिए । फोरम नेपालकी कोषाध्यक्ष संगीता रौनियारका अनुसार ओलीले मधेशी दलका नेतासँग माफी माग्नुपर्ने र माफी नमागेसम्म सत्तापक्षीय दलहरुले आमन्त्रण गर्ने बार्ता र छलफल बहिष्कार गर्ने मधेशी दलको निर्णय छ ।

ओलीको पुत्ला दहनमा तमलोपा, फोरम लोकतान्त्रिक, फोरम नेपाल, फोरम गणतान्त्रिक, तमरा अभियान, सद्भावना, कोचिला संघर्ष समिति, कोचिला गाभुर फ्रन्टको तर्फबाट सहभागिता रहेको थियो ।