२९ आश्विन २०८३, बिहिबार

घलेले गरे एक अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2(37)काठमाडौ, २४ पुस ।  गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले एक अर्ब रुपैयाँको परोपकारी कोष घोषणा गर्नुभएको छ ।

अष्ट्रेलियाको धनी सूचीमा रहनु भएका घले र उहाँकी श्रीमति जमुना गुरुङद्धारा स्थापित एमआईटी फाउन्डेसनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यो रकमको घोषणा गरेको हो ।

नेपालका दुर्गम गाउँका स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने गरि परोपकारी कोष स्थापना गरेको जानकारी गरायो ।

स्रोत साधनको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामाग्री र तालिमका लागि यो कोषले सहयोग गर्ने छ ।

कोषमार्फत नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरिने छ ।

एमआईटी ग्रुप फाउन्डेसनका संस्थापक शेष घलेले आफ्नो जीवनकालमा समाजबाट पाएको  केही हिस्सा समाजलाई फिर्ता गर्न परोपकारी अभियानको थालनी गरेको र यसले खुशी  बनाएको बताउनुभयो ।

घलेले कार्यक्रममा स्वास्थ्य सेवा उपलब्ध नहुँदा आफ्नी वहिनी र सालाको निधन भएको स्मरण गर्दै भोलीको पुस्ताले यस्तो दुःखको सामना गर्नुनपरोस भनेर कोषको स्थापना गरेको बताउनु भयो ।  फाउन्डेसनकी संस्थापक जमुना गुरुङले कोषको रकम परिणाममुखी काममा  खर्च बताउनुभयो ।