३० आश्विन २०८३, शुक्रबार

ओलीको बोली नै दोषी बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौँ, २४ पुस । केपी शर्मा ओलीको बोलीलाई धेरैले बन्दुकको गोलीसँग तुलना गर्ने गर्छन् । नभन्दै उनका अभिव्यक्ति हुन्छन पनि त्यस्तै ।

विरोधीलाई मात्र होइन पार्टी भित्रै पनि उहाँको खरो बेलीको बेलाबखत आलोचना हुनेगर्छ । कतिले त ओलीको बोलीले हुन लागेको काम पनि विग्रिने गरेको गुनासो गर्ने गर्छन् । ‘राजनीतिको निक्कै लामो समय पार्टी भित्र नै उहाँ विपक्षी बन्नुभयो ।

पार्टीका हरेक बैठक र छलफलमा ओलीको केही न केही प्रतिक्रिया आउने भएकाले नेतृत्वलाई सबै भन्दा बढी चिन्ता ओलीको आलोचना कसरी सामना गर्ने होला भन्नेमै केन्द्रित हुन्थ्यो ।’ एमालेका एक नेताका यी भनाई सत्यका नजिक छन् ।

यी त भए ओलीका पार्टी भित्रका कुरा । नेकपा एमालेको नवौँ महाधिवेशनबाट प्रभावशाली नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलो पटक नेतृत्वमा पुग्नु भएका ओली पछिल्लो समय निक्कै प्रभावशाली देखिनु भएको छ ।

राष्ट्रिय राजनीतिमा अहिले उहाँका हरेक अभिव्यक्तिले हंगामा मच्याउने गरेको छ । संविधानसभाको दोस्रो निर्वाचनपछि दोस्रो हैसियतमा रहेको नेकपा एमाले अहिले सत्तामा छ । अनि काँग्रेससँग नेकपा एमालेको अनौठो खालको दोस्ती पनि छ । यी दुई दलको शक्तिले दुईतिहाई बहुमतसहित संविधान जारी गर्ने हैसियत पनि राख्दछन् ।

त्यसकारण पनि ओलीले संविधान निर्माणका सन्र्दभमा दिने कढा अभिव्यक्ति विपक्षी दलका लागि त्यसै पनि शूल बन्ने गर्छन् । अहिले उहाँको बोलीको प्रभावले स्वाभाविकै रुपमा नेपालको राष्ट्रिय राजनीतिमा हलचल पैदा गर्दछ ।

यसकारण पनि ओली पछिल्लो समय सबै भन्दा बढी बोलीका कारण विवादमा तानिदैँ आउनु भएको छ । कहिले उहाँको बोलीको एमाओवादीले त कहिले मधेश केन्द्रित दलहरुले आलोचना गर्ने गरेका छन् । अन्य नेताका तुलनामा केही प्रष्ट बक्ता ओली बुधबार एकाएका आलोचित बन्नुभयो ।

मधेशी मोर्चाका नेताहरुलाई मधेश टुक्र्याएर दिन नसकिने ओलीका अभिव्यक्ति मधेश केन्द्रित दलका नेताका लागि अपाच्य भए । अनि उनीहरुले ओलीले माफी नमागेसम्म एमाले सम्मिलित बैठकमा सहभागी नहुने घोषणा गरे ।

उनीहरुको यस्तो प्रस्तावलाई ओलीले भने हल्का ढंगले लिनु भएको छ । ओलीकै कारण चार दलको बैठक भाँडिएको प्रश्न सञ्चारकर्मीहरुले ओलीमाथि प्रधानमन्त्री निवासको बैठकबाट बाहिरिने क्रममा राख्दा उहाँले प्रतिक्रिया पनि हल्का ढंगले नै दिनुभयो ।

मधेशी मोर्चाको आफुले होइन, उनीहरुले आफ्नो अपमान गरेको भन्दै घुमौरो पाराले उहाँले आफू ज्यूँदो हुञ्जेल माफी नमाग्ने र आफूले बोलेको विषयमा आत्मालोचना पनि नगर्ने अडान राख्नुभयो ।

‘मैले सालीनतापूर्वक कुरा राखेको हो, मैले सबै समथर भूमि मधेस हुँदैन भनेको मात्र हो,’ ओलीले भन्नुभयो, ‘माफी ? मेरो अपमान भएको छ, मैले किन माफी माग्ने ।’ उहाँका यी अभिव्यक्तिले ओली मधेशकेन्द्रित दलका नेतासँग गल्ने संकेत देखिदैन । ओलीले माफी माग्नु भएन भने मधेशवादी दलले के गर्लान त ? यो भने प्रतिक्षा गर्नुपर्ने भएको छ ।