
संसारमा नाम लेखाउनका लागि अनेक नाम हुन्छन् । यूएईले अहिले संसारको सबैभन्दा लामो सुनको बनाएर विश्व रेकर्ड बनाएको छ ।
यूएईको दुबईमा बनाइएको यो सुनको सिक्री साढे पाँच किलोमिटर लामो र २५६ किलो तौलको छ। २२ क्यारेट सुन प्रयोग गरिएको यो सिक्रीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा हातले बनाएको संसारको सबैभन्दा लामो सिक्रीको रुपमा स्थान प्राप्त गरेको छ ।
यस सिक्रीमा ४० लाख जडान रहेको छ । यो सिक्री बनाउन एक सय जना कालीगढ ४५ दिन खटिएका थिए । बलिउड नायिका करिना कपुरले समेत यो सिक्री बनाउन योगदान दिएकी छिन् ।

दुबई गोल्ड एण्ड ज्वेलरी ग्रुप एसोसिएसनले पाँच ठूला ज्वेलरहरुको सहयोगमा बनाएको यस सिक्रीलाई दुबई सपिङ फेस्टिबलमा तीन दिनसम्म प्रदर्शनीमा राखिने बताइएको छ । एजेन्सी














प्रतिक्रिया