३० आश्विन २०८३, शुक्रबार

एक महिना बस्ने गरी पूर्वराजा झापामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shah

झापा, २३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना लामो बसाईका लागि झापा आइपुग्नुभएको छ ।

बुधबार अपराह्न इटहरीबाट आफैँ गाडी चलाएर उहाँ झापा आउनुभएको हो । उहाँ दमकस्थित मिनी दरबारमा बस्नुभएको बताइएको छ । शाहको झापा बसाईं एक महिनाको हुने र उहाँका परिवारका अन्य सदस्यसमेत केही दिनमा नै झापा आउने जनाइएको छ ।

प्रहरीका अनुसार पूर्व राजा शाह लामो समयसम्म झापामा बस्ने सूचना आफूलाई प्राप्त भएकाले दरबार आसपासको क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । दमकको चिया बगानको बीचमा शाहको मिनी दरबार रहेको छ ।