बर्दिया, २३ पुस । आफ्नै पाँच दिनको नवजात शिशुको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–८ गौतमबुद्ध टोल निवासी पूजा भुजुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भुजुवाले आफैंले जन्माएकी पाँच दिनकी छोरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।
भारत उत्तर प्रदेश लखिमपुर जिल्ला घर भई हाल बर्दियाको गुलरियामा भाडामा बस्दै आएकी भुजुवाका श्रीमान्ले मजदुरी गर्दै आएका छन् । आफ्नै भिनाजुसँग भागेर विवाह गरी नेपाल आएर बसेकी भुजुवाकी दिदीबाट पनि दुई छोरी नै रहेको र आफूबाट पनि छोरी नै जन्मिएपछि आफूले घाँटी थिचेर शिशुको हत्या गरेको भुजुवाले प्रहरीसामुको बयानमा स्वीकारेकी छिन् । रासस















प्रतिक्रिया