दाङ, २३ पुस । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपा माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन भिन्न तरिकाले गरेको छ ।
अन्य पार्टीको जस्तो दिप वालेर वा राष्ट्रियगान बजाएर नभई उक्त पार्टीले आफ्नो प्रथम सम्मेलनको मसाल बालेर उद्घाटन गरेको छ ।
पार्टीको सम्मेलन पार्टी संयोजक चन्दले मसाल बालेर गरेका हुन् ।
अर्थभूमिगत शैलीमा संगठन निर्माण गर्दै आएको उक्त पार्टीले सम्मेलन पनि अर्धभुमिगत शैलीमै गरेको छ ।
दाङको तुलसीपुरस्थित ओम शान्ति चलचित्र मन्दिरमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा समेत सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएको थियो ।















प्रतिक्रिया