२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा महिला अधिकारकर्मी परियार र पूर्वमन्त्री केसी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balbhadur-kc

विजय थापा

डिसी ।  अमेरिकाको सन् फ्रान्सिस्कोमा नेपाली समुदायले स्थापना गरेको  नेपाल एसोसिएसन अफ ग्लोबल कर्पोरेसन तथा वेस्ट अमेरिका नेपाली एसोसिएसनले महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार र पूर्वमन्त्री बलबहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ ।

गोरखाको ताक्लुङ गाउँको दलित परिवारमा जन्मनु भएकी डा बिष्णुमाया परियारलाई उहाँले दलित समुदायको उत्थानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।  उहाँलाई ‘उत्पीडित रक्षक पुरस्कार–२०१४’ ले सम्मान गरिएको हो ।   balbhadur-kc.3

डा परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० वर्ष अघि स्थापना गरिएको पाइन् मानोर कलेजले  मानार्थ विद्यावारिधीले पनि सम्मान गरेको थियो ।

समाजसेवी बिष्णुमाया परियारले बोस्टन शहरमा एक दशक अघि स्थापना भएको र नेपालमा आफैले सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था ‘एड्वन’ मार्फत नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानमा योगदान गर्दै आउनु भएको छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा रहेर राजनीतिमा योगदान गर्नुभएका पूर्वमन्त्री बलबहादुर केसीलाई प्रजातन्त्रका रक्षक पुरस्कार–२०१४ले सम्मान गरिएको हो ।
balbhadur-kc.4
केसीको बहुदलीय व्यवस्था पछिको पहिलो आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । त्यसपछिका मध्यावधि निर्वाचन २०५१ र २०५६ सालमा पनि उहाँ सोलुखुम्बुबाट लगातार विजयी हुनुभएको थियो ।

केसी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री, २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री, सामान्य प्रशासन र श्रम मन्त्री तथा २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बन्नु भएको थियो । उहाँ २०४९ सालदेखि हालसम्म पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा रहँदै आउनु भएको छ ।