२९ आश्विन २०८३, बिहिबार

एनआरएन भवनका लागि युरोपबाट उठ्यो १ करोड पाँच लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo (1)

युरोप । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौँमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेकागैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीयनेपाली संघका अध्यक्ष शेष घलेको समुस्थस्थितिमा डिसेम्बर अन्तिम साता  जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको हो ।

जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे ।

यसैगरि बेल्जियममाआयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको फण्ड रेइजिङ कमिटि युरोपकी संयोजक जानकारी गुरुङले जानकारी दिनुभयो । सोही कार्यक्रममा नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यसैगरी स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ ।एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजित कार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको गुरुङले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँलागतमा काठमाडौँमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागीता हुने गरी रकम संकलन अभियान संचालन गरिरहनु भएको छ ।

यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनकसहभागीता रह्योु अध्यक्ष घलेले भन्नुभयो एनआरएनको आफ्नै भवन बनाउनेअभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु ।

योअभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकलेसक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षकोसमुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले छिटै काठमाण्डौमा एनआरएन भवन निर्माण थाल्ने योजना बनाइरहेको छ ।