३० आश्विन २०८३, शुक्रबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeting 4 Dalकाठमाडौँ, २३ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा जारी तीन ठुला दल र मधेशीमोर्चाको बैठकमा विवाद उत्पन्न भएको छ।

निर्णायक वार्ता गर्न बालुवाटार बैठकबाट एमाओवादी अध्यक्ष प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बैठकहलबाट बाहिरिनु  भएको
छ ।

उहाँहरु सहमति नहुने भन्दै बाहिरिनु भएको हो ।  बैठकबाट बाहिरिने क्रममा गौतमले सञ्चारकर्मीहरुलाई बैठक सहमति उन्मुख नभएको प्रतिक्रिया दिनुभयो ।
एमाओवादी र मधेशवादी दलको जातीय पहिचानको आधारमा प्रदेशको निर्माण हुनु पर्ने  माग र सत्तारुढ दलले त्यसलाई गरेको अस्वीकारले संविधान निर्माण प्रक्रिया नै अन्योलमा पर्दै आएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले एमाओवादी र मधेसवादी दलसँग संविधानका विवादित विषयमा आज पनि सहमति नजुटे प्रक्रियातिर जाने  बताएका छन् ।