दाङ, २३ पुस । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले आफ्नो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सुरु गरेको छ ।
वैद्यसँग अलग्गिएपछि पहिलोपटक हुन लागेको उक्त राष्ट्रिय सम्मेलन पुस २६ गते सकिने नेताहरुले बताइएका छन् ।
सम्मेलन रोल्पामा गर्ने भनिए पनि मौसमको कारण देखाई नेकपा माओवादीले दाङमा सारेको हो ।
एकीकृत क्रान्तिको नयाँ रणनीति तय गर्नका लागि आयोजना गरिएको उक्त सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने बताएको छ ।
सम्मेलनमा ५ सयभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र ६ सय बढी नेता कार्यकर्ता सहभागी रहने नेकपा माओवादीको दाबी छ ।
सम्मेलनमा संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले यस अघि नै अध्ययनका लागि जिल्ला–जिल्ला पठाइसकिएको राजनीतिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ ।















प्रतिक्रिया