पोखरा, पुस २३ । रक्सीले होस गुमाएपछि नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का प्रहरी हिरासतमा पुगेका छन् ।
पोखरामा जारी मनकामना केबलकार फुटबल प्रतियोगितामा भाग लिन पुलिस टिमको नेतृत्व गर्दै पोखरा पुगेका खड्का प्रहरी खोरमा पुगेका हुन् । रक्सीले मातेर बबन्डर मच्चाएपछि मंगलबार राति ११ बजे प्रहरीले उनलाई पोखराको एउटा रेष्टुरेन्टबाटै पक्राउ गरेको बताइएको छ । खडका नेपाल पुलिस क्लबको प्रशिक्षक समेत हुन् । खड्कालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया