विजय थापा
डिसी । अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मञ्च मेरिल्याण्डको प्रथम राज्य अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च मेरिल्याण्डले आयोजना गरेको प्रथम अधिवेशनको लागि नेपालबाट आउनु भएका पार्टीका केन्द्रीय कमिटि सदस्य प्रतापलाल श्रेष्ठ प्रमुख अतिथि हुनुहुनुहुन्थ्यो भने श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उक्त अधिवेशनमा विशेष अतिथि, मञ्चका अध्यक्ष सन्जय थापा, महा वाणिज्यदुत प्रेमराजा महत, नेपाल वुद्धीजिवी परिषदका केन्द्रीय सदस्य मोतिप्रसाद पौडेल, एनआरएन युएसएका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी, वानाका अध्यक्ष विजय श्रेष्ठलगायत अमेरिका नेपाल सोसाइटीका पूर्व अध्क्षय खेम भट्टचनको सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्य अतिथिहरुको उपस्थिति निकै बाक्लो रहेको थियो भने अतिथिहरुले अधिवेशनमा शुभकामना मन्तब्य राखेका थिए ।
मञ्चका केन्द्रीय सदस्य डिल्लिराज पौडेलले स्वागत गर्नुभएको थियो । सो कार्यक्रममा प्रवासी नेपालीमञ्च अमेरिकाका महासचिव प्रभु थापाले उपस्थित सम्पूर्ण सहभागिहरूलाई धन्यवाद दिनुभएको थियो ।

मञ्चका संयोजक युद्धबहादुर पन्तको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भने सदस्य शेषकान्त खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त अधिवेशनमा सहभागि प्रतिनिधिहरूले युद्धहादुर पन्तको अध्यक्षतामा ११ सदस्यीय प्रवासी नेपाली मञ्च मेरिल्यान्ड कमिटिको चयन गरेको छ ।

निर्वाचित कमिटिमा उपाध्यक्ष शेषकान्त खनाल, सचिव वी उप्रेती ,उपसचिव कमला भूषाल ,कोषाध्यक्ष यमुना घिमिरे र सदस्यहरूमा कमल भण्डारी, शशी थापा ,चन्द्र दोमासे तथा ज्ञानेन्द्र गतराज चयन भएका छन् ।














प्रतिक्रिया