२९ आश्विन २०८३, बिहिबार

इजरायलको तेलाविवमा तमु ल्होसार सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamu-losar ilarel

दिपेन गुरुङ
इजरायल । प्ये म्हास्य छ्य म्हमु, छ्य म्हास्य ल्हु म्हमु, ल्हु म्हास्य म्ही म्हमुुुुतमु प्ये ल्हु संघ इजरायलले आयोजना गरेको ल्हु ल्होसार भव्य रुपमा सम्पन्न भएको छ । इजरायलको लेबन्दा ३२ तेलाविवमा  सो कार्यक्रम सम्पन्न भएको हो । tamu-losar ilarel2

नेपाली दुताबासका सहचारी कमलप्रसाद कोइरालाको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अथितिका रुपमा नारी आवाजका अध्यक्ष नेहा तमुस्यो हुनुहुन्थ्यो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा तमु मौलिक धर्मलाई अगाल्ने तमु समुदायका विशिष्ट व्यक्तिहरुको भव्य उपस्थिति रहेको थियो ।  कार्यक्रम तमु प्ये ल्हु संघ इजरायलका महासचिव दिपेन तमुले सञ्चालन गर्नुभएको थियो ।  कार्यक्रममा स्वागत मनतव्य सल्लाहकार बिमल तमुले गर्नुभएको थियो  । tamu-losar ilarel3

कार्यक्रममा प्रमुख अथिति कोइरालालगायतले पनि शुभकामना मनतव्य राख्नुभयो ।  तमु प्ये ल्हु संघका सदस्य उमा तमुस्योले तमु प्ये ल्हु संघले गरेको सामाजिक कार्यहरुको बारेमा प्रस्ट पार्नुभयो ।

tamu-losar ilarel4

तमु प्ये ल्हु इज्रेयलका उपाध्यक्ष  सबिता तमुस्यो रुपाले पैरु (रुपा) ल्हु ल्हो का सल्लाहकर बिमल तमुलाई लगाई दिनु भइ ल्हु ल्होलाई स्वागत गर्नुभएको थियो । सभाको अध्यक्षता तमु प्ये ल्हु संघ इजरेयलका अध्यक्ष निर्मला तमुस्योले गर्नुभएको थियो  ।

कार्यक्रममाविभिन्न कलाकारबाट गुरुङ नृत्य तथा नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो ।