दामोदर दाहाल
युएई । युएईको ब्यस्त सहर दुबईमा नेपाली लगानीमा लेडिज टेलर्स सञ्चालनमा आएको छ।
नयाँ वर्ष २०१५ को पहिलो दिन पारेर नेपाली व्यवसायीले लड़िज टेलर्सको समुद्घाटन गरेका छन । युएईका लागि नेपाली राजदूत धनन्जय झाले रिबन काटी उक्त लेडिज टेलर्सको एक भव्य कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । उक्त अवसरमा समाजिक क्षेत्रमा कृयाशिल अगुवाहरु, व्यवसायीहरु, पत्रकारहरु र यूएईका बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डेको समेत बिशेष उपस्थिति रहेको थियो ।
बर दुबईको मुख्य स्थान मिना बजारमा रहेको उक्त टेलर्सले महिलाहरुको लागी सर्भ सुलभ दरमा सबै खालका आधुनिक कपडाको दक्ष कारिगड द्वारा सिलाई गरिने टेलर्सका प्रबन्धक कृष्ण अर्यालले बताउनुभयो ।
दुबईमा नेपालीले संचालनमा ल्याएको यो पहिलो नेपाली लेडिज टेलर्स भएकाले विषेश गरि नेपाली महिलाहरुलाई सर्वसुलभ र छुटमा कपडा सिलाईने टेलर्सका संचालकले जनाएका छन। महिला कारिगड नै उक्त टेलर्समा भएकाले सबैलाई ढुक्क भएर ग्राहकहरुको इच्छा अनुसारको डिजाइन बनाउन सक्ने लगानीकर्ता कृष्ण गैरेको भनाई छ ।













प्रतिक्रिया