बिष्णु सापकोटा
बेल्जियम । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय भवन निर्माणार्थ बेल्जियमबाट ४३ लाख रुपैयाँ संकलन गरेको छ । गैर आवासीय नेपाली संघ रष्ट्रिय समन्वय परिषद बेल्जियमले आन्त्रोपेनमा एनआरएन केन्द्रीय भवन निर्माणार्थ सहयोग संकलन अभियान अन्तर्गत एक कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा विभिन्न पेशा र व्यवसायमा संलग्न गैर आवासीय नेपालीहरुले स्वत स्फुर्त रुपमा सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घलेले कुल पन्ध्र करोड को लागतमा काठमामाडौँमा निर्माण गर्न लागिएको उक्त भवन लागि हालसम्म बिभिन्न देशहरुबाट गरि सत्र करोडको सहयोग संकलन प्रतिबद्धता आईसकेको बताउनु भयो । उहाँले करिव ६ करोड एनआरएनको खातामा जम्मा भैसकेको जानकारी दिनुभयो । घलेले बाँकी देशहरुसम्म पुगी पच्चीस करोड सहयोग संकलन गर्ने लक्ष्य सहित आगामी मार्च सम्ममा संकलन कार्य पुरा हुने पनि बताउनुभयो ।
साथै उक्त भवनमा केन्द्रीय कार्यालय, पुस्तकालय, सम्मेलन स्थल, आवास स्थल, सुचना केन्द्र लगाएत गैरआवासीय नेपालीहरुका लागि आवश्य अन्य कुराको समेत स्थापना गरिने एनआरएनले जनाएको छ ।
कार्यक्रममा नेदरल्याण्डका आईसीसी सदस्य फणेन्द्र पन्त अध्यक्ष कृष्ण अधिकारी तथा पूर्व अध्यक्ष हरी पौडेललगाएतको उपस्थिति रहेको थियो भने गैरआवासीय आवासीय नेपाली संघ नेदरल्याण्डको तर्फबाट भवन निर्माण सहयोग संकलन स्वरूप उक्त कार्यक्रम मार्फत दश लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जम्वरका अध्यक्ष रमेश तोयना समेत अन्य एनआरएनका पदाधिकारीको समेत उपस्थिति रहेको थियो । साथै एनआरएन भवन निर्माण मा लक्जम्वरको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएन यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, महिला कोअर्डिनेटर रजनी प्रधान, एनआरएन केन्द्रीय सल्लाहकार यूवराज गुरुङ, अष्ट्रेलियाकी महिला उद्यमी जमुना घले, भवन निर्माण समिति यूरोप संयोजक जानकी गुरुङ, च्यारीटी टाक्सफोर्स सदस्य सीता सापकोटा लगाएत अन्य बिशिष्ठ ब्यतित्वहरु लाएतको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रममा नेपालवाट आएको प्रानमुन्दी समुहको साङ्गितिक प्रस्तुती समेत रहेको थियो ।















प्रतिक्रिया