कावासोती, २२ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा मंगलबार ट्रक पल्टँदा सहचालकको मृत्यु भएको छ ।
आरजे२७ जिए ३४९६ नम्बरको भारतीय मालवाहक ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकका सहचालक भारत राजस्थान नयगाउँका ३० वर्षीय कलदीप सिंहको घटनास्थलमा नै मृत्यु भएकोे हो ।
ट्रकचालक प्रहरी नियन्त्रणमा रहेको र कुखुराको दाना लिएर भारतबाट आएको ट्रकका चालक र मृतक बाबुछोरा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।















प्रतिक्रिया