८ कार्तिक २०८३, आइतबार

काका ससुराको अण्डकोषमा लात्ताले हानेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २१ पुस । महोत्तरीको मनरा गाविसमा सोमबार आफ्नै दाजुको ज्वाइँले अण्डकोषमा हान्दा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनरा गाविस–३ बस्ने भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारत विहार राज्यको सीतामढी जिल्लाको रिगा शिवनगर घर भएका दाजुको ज्वाइँ विकास ठाकुर ससुराली मनरा आएका बेला सबैजना सुतिरहेका अवस्थामा काका ससुरा भरत ठाकुरको घरमा चोरी गर्न पसेका थिए ।

चोरी गर्दै गरेको अवस्थामा विकासलाई काका ससुरा भरतले रङ्गेहात पक्राउ गरेका थिए । पक्राउ परेका विकासले आफ्नो कर्तुत थाहा हुने भन्दै मार्ने नियतले भरतको अण्डकोषमा हान्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

घटनापश्चात् परिवारजनले विकासलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् भने प्रहरीले विकासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ ।

साथै मृतक भरतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस