२९ आश्विन २०८३, बिहिबार

एनसीआईमा मोहन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

landon

लण्डन । बेलायतमा लगानी सम्भावना खोज्न स्थापित नेपाली को–अपरेटिभ ईन्भेष्टमेण्ट लिमिटेड (एनसीआई ग्रुप)को पहिलो अधिवेशन च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

गतसाता सम्पन्न संस्थाको पहिलो अधिबेशनले तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा अर्कराज तिम्सिना, कोषाध्यक्षमा  लेखनाथ (एलएन) पाण्डे चयन भएका छन् । त्यस्तै  कार्यकारी सदस्यहरुमा शाहदेव गिरी, विष्णु त्रिपाठी, रञ्जिता सिंह मल्ल र सुरज केसीलाई चयन गरिएको छ ।

सुमलकुमार गुरुङको संयोजनमा हरि गुरुङ तथा कुमार श्रेष्ठ सहितको तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यकारी समिति चयन गरेको हो । नयां समितिको कार्यकाल तिन बर्षको हुनेछ ।
landon@
एनसीआई बेलायतमा स्थापित व्यावसायी तथा सर्वसाधारणहरुद्धारा खोलिएको एउटा नाफामुलक सहकारी संस्था हो । मोहन गुरुङको संयोजनमा गतबर्ष कम्पनी हाउसमा दर्ता गरिएको उक्त कम्पनीमा  ९९ जना शेयर होल्डर सदस्यहरु  रहेका छन् ।

संस्थाको पहिलो अधिवेशनमा झण्डै ६४ प्रत्तिशत सदस्यहरु सहभागी थिए । तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई संस्थाकी सदस्य शुस्मिता गुरुङले सञ्चालन गरेकी थिईन् ।

तदर्थ समितिका सचिव अर्कराज तिम्सिनाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष एलएन पाण्डेको आर्थिक प्रतिवेदन हलमा प्रश्तुत गरिएको थियो । त्यस्तै एलएन पाण्डेद्धारा प्रश्तुत विधान मस्यौदा संशोधन सहित पारित गरिएको थियो ।