८ कार्तिक २०८३, आइतबार

नाता जोडेर बेहोस बनाई १३ लाखबढी लुट्ने प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiचितवन, २१ पुस । चितवनको विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई रु १३ लाखभन्दा बढी रकम लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पताल, सार्वजनिक स्थानमा आउने वृद्धवृद्धा, सोझा मानिसलाई फकाएर नाता लगाई  खानामा विभिन्न बेहोस हुने औषधि मिसाई बेहोस बनाएर गरगहना तथा पैसा लुट्ने तीनजनालाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ पक्राउ पर्नेमा मकवानपुरमा ४९ वर्षीय विष्णुबहादुर थापा, धादिङका ३० वर्षीय पूर्णबहादुर तामाङ र सिन्धुपाल्चोकका ५७ वर्षीय कुमार बस्नेत रहेको चितवनका प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

उनीहरूले सात महिलाबाट गरगहना र पैसा गरी रु १३ लाखभन्दा बढी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूमाथि जबर्जस्ती चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।