९ कार्तिक २०८३, सोमबार

दलहरुको दौडधुप बढ्यो, प्रचण्डले सुशीलपछि केपी भेट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, २० पुस  । संविधान जारी गर्ने मिति नजिक–नजिक आउदै गर्दा दलहरुबीचको छलफल पनि घनिभूत हुन थालेको छ । दलहरुले सहमतिमै माघ ८ भित्रमा संविधान जारी गर्ने भन्दै छलफलाई तिव्रता दिएका हुन् ।

त्यही क्रममा आइतबार बिहानैदेखि दलहरु दुइपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखिछलफल भएको छ ।

संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयास स्वरुप भन्दै उहाँहरु  छलफलमा जुट्नु भएको हो ।  प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङले चार दिन भित्र सहमति गर्न नसके संविधानको मस्यौदा बनाउने जिम्मा आफूलाई दिन प्रस्ताव गरेसँगै दलहरु सहमतिको दौडधुपमा लागेका हुन् ।