९ कार्तिक २०८३, सोमबार

युवा सघंकी कावा अध्यक्ष पाललाई थप उपचारका लागि मेदान्त लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav-nepalकाठमाडौँ, २० पुस । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा युवा सघं नेपालका कावा अध्यक्ष निरु पाललाई निमोनिया (छातीको सङ्क्रमण)को थप उपचारका लागि जेट एयरको विमानबाट आइतबार नयाँ दिल्ली लगिएको छ ।

शवासप्रश्वासमा समस्या भएपछि गत आइतबारदेखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका पालको करिब एक हप्तासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगिएको हो ।

उहाँका साथमा वीर अस्पतालका डा शक्ति बस्नेत जानुभएको छ । उहाँका पति मोहन पनि कञ्चनपुरबाटै दिल्ली जानु भएको छ ।