८ कार्तिक २०८३, आइतबार

जातीय संघीयता एमालेलाई अस्वीकार्यः आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim acharyaमहेश केसी
रुकुम, १९ पुस । नेकपा एमालेका सचिव भीम आचार्यले माघ ८ मा संविधान जारी हुने दाबी गर्नु भएको छ ।

नेकपा एमाले रुकुमले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुकुम आउनु भएका आचार्यले शनिबार सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा उहाँले एमाले कुनैपनि हालतमा जातिय संघियतामा जान नसक्ने पनि दाबी गर्नुभयो ।  निर्धारित मितिमा संविधान जारी गरी देशलाई अन्योलताबाट बाहिर निकाल्नु पर्ने उहाँको भनाई थियो ।

उहाँले शासकीय स्वरुपको सन्र्दभमा भने एमाले हदैसम्मको लचक भई सहमतिका लागि अघि बढ्ने बताउनुभयो ।  उहाँले एमाओवादी लगायतका केही दलले संविद्यान जारी गर्न नदिने भन्दै दिएको धम्कीको कुनै तुक नभएको बताउनुभयो ।