२९ आश्विन २०८३, बिहिबार

चौध टीमलाई पछि पार्दै बाग्लुङ सेवा समाजले चुम्यो भलिबलको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10904930_770010983052232_911168694_n

दिल कुमार श्रेष्ठ
दोहा  ।  अंग्रेजी नयाँ वर्ष तथा ल्होसार पर्वको अवसरमा खुला नेपाली भलिवल प्रतियोगितामा सम्पन्न भएको छ । चौध टीमलाई पछि पार्दै उपाधिमा  बाग्लुङ सेवा समाजले कब्जा जमाएको छ  ।

पहिलो हुनेलाई कतारी रियल एक हजार ५ सय एक र दोस्रो हुनेलाई कतारी रियल  एक हजार एक नगदमा राखिएको उक्त प्रतियोगिता ओटीएस  कम्पनी र दुखान स्पोर्ट्स क्लबले संयुक्त रूपमा आयोजना गरेका थिए ।

खेलको मध्यमबाट व्यक्तिव विकास गने उदेश्यका साथ संचालन गरिएको प्रतियोगिता दोहा, अलखोर, सनैया र दुखानका गरी चौँध टीमले सहभागिता जनाएका थिए । पहिलो समीकरणदेखि सेमीफाइनलसम्मका सबै खेलहरु वेस्ट अफ थ्रीको नियममा खेलाइएको थियो ।

तर फाइनल खेल भने  वेस्ट अफ फाईभ अनुसार खेलाईएको थियो । कतारमा हुने हरेक भलिबल खेलमा एक छत्र राज गर्दै आएको बागलुङले यो पटक पनि आफ्नो बिजयी यात्रा कायमै राखेको छ ।

चौँध टिमलाई  पछि पार्ने  क्रममा सेमिफाइनलमा  स्याङ्जा आँधीखोलालाई २५–१०, २५ –१७  को सोझो  सेटमा हराउदै फाइनल यात्रा तय गरेको थियो ।

खेल प्रेमी दर्शकले भरिभराउ मैदानमा भएको  फाइनल खेल आयोजक टिम दुखान स्पोर्ट्स क्लब र बागलुङ सेवा समाज कतारबीच भएको थियो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने सोचेको भएपनि  बागलुङले कुनै मौका  नै नदिई  २५–१७ , २५–१७  र २५–२० मा हराउँदै बिजयी हुन सफल भएको थियो । अन्त्यमा बिजेता तथा उपबिजेता टीमलाइ सम्मानका साथ सिल तथा प्रमाणपत्र पत्र प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो  ।