८ कार्तिक २०८३, आइतबार

वैद्य अस्पतालबाट घर फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya 1काठमाडौँ, १९ पुस । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएपछि शनिबार घर फर्किनुुभएको  छ ।

नर्भिक अस्पताल थापाथलीमा उपचारमा संलग्न डा वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको बताउनुभयो ।

पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गर्दै अस्पताल बसाइका क्रममा उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ ।

बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकामा बिहीबारदेखि बिनाअक्सिजन सहज रूपमै श्वास लिनाका साथै ज्वरो पनि निको भएको थियो । नेता वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भई समस्या देखिएको डा श्रीवास्तवले बताउनुभयो ।