८ कार्तिक २०८३, आइतबार

प्रदेशको संख्यामा एमाले लचक हुन तयार छः अष्टलक्ष्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asta-laxmiकञ्चनपुर, १९ पुस । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दलहरुबीच सहमति हुन नसके प्रक्रियामै गएर भए पनि संविधान जारी गरिने बताउनुभएको छ ।

एमाले कञ्चनपुरले आयोजना गरेको ‘समयमै नयाँ संविधान जारी’ विषयको अन्र्तरक्रियामा उहाँले  भन्नुभयो, ‘संविधान जारी गर्ने समय धेरै घड्किसके पनि दलहरुले असहमतिका बुँदामा गम्भीर छलफल गरेर सहमतिमै माघ ८ गते संविधान जारी गर्न सक्छन् ।’

एमालेले बहुजातीय पहिचान र सामथ्र्यका आधारमा सङ्घीयताको स्पष्ट खाका कोरेको बताउँदै उहाँले प्रदेशको संख्यामा लचकता देखाउन एमाले तयार छ भन्नुभयो ।