२९ आश्विन २०८३, बिहिबार

दुबईको जाबेल पार्कमा नेपालीले मनाए धुमधामसँग बनभोज कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dubai

दामोदर दाहाल
युएई । नयाँ वर्ष २०१५ को अवसरमा दुबईको जाबेल पार्कमा शुभकामना आदान प्रदान तथा सम्मान एवं बनभोज कार्यक्रम एक विषेश समारोहका बीच भव्यता रुपमा सम्पन्न भयो । नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनि लिमिटेडको पहलमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।  सन् २००० मा सारजाहको इन्टरप्लास्ट कम्पनिमा कार्यरत दश जना नेपालीहरुबाट आफ्नै कम्पनीमा कार्यरत नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यो संस्थाले करिब ४ सय को हाराहारीमा सदस्य बनाएको छ ।
dubai4
अघिकांश सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थापनाकाल देखि नै क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको थियो ।  युएईमा रहेका सामाजिक संघसस्थाहरुसँग सम्वन्ध विस्तार गर्न सस्थाले नयाँ वर्षको अवसर पारेर शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको आयोजकहरुले बताएका छन् ।
dubai3
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डेले युएईमा रहेर पनि सामाजिक भाइचाराको सम्बन्ध स्थापित गर्न शुभकामना दिनुभयो ।  प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष प्रकाश कोइरालाले सामाजिक क्रियाशिलतामा हातेमालो गर्न मञ्च सदैब तयार रहेको बताउनुभयो ।  उहाँले समाजलाई युएईमा स्थापित गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

नेपाली एकता समाज इन्टरप्लास्टका अध्यक्ष सुरज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल प्रमुख अथिति रहनु भएको थियो । उहाँले नेपाली एकता समाज इन्टरप्लास्टले आफ्नो कम्पनी भित्र रहेका नेपालीहरु माझ गरेको सामाजिक सहयोगको प्रशंषा गर्नुभयो ।  गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष  भुसालले युएईमा रहेका सम्पूर्ण संघ सस्थाले सहकार्य तथा सहयोग गर्ने विश्वास दिलाउनुभयो ।  कार्यक्रममा आयोजकले साँस्कृतिक कार्यक्रम सहित विभिन्न मनोरञ्जनात्मक खेल प्रस्तुत गरेका थिए ।
dubai2
कार्यक्रममा संस्थाका सस्थापकहरु टक बहादुर गुरुङ तथा कृष्ण प्रसाद आचार्यले सस्थाको सुरुवाती दिनदेखि अहिलेसम्म आइपुग्दा भए गरेका सस्थाका गतिबिधि बारे प्रस्ट पार्नुभयो । कार्यक्रममा बोल्दै सस्थाका सल्लाहकार रामेश्वर भेटवालले सस्थाको सदस्यता थप गर्दै यसलाई युएईमा रहेका अन्य संघ सस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  कार्यक्रम संचालन सस्थाका उपाध्यक्ष तथा सचिब हेम थपलिया र राजु भण्डारीले सामुहिक रुपमा गर्नुभएको थियो ।