२९ आश्विन २०८३, बिहिबार

खोटाङको पिपलडाँडा विमानस्थलको अमेरिकी सरकारी इञ्जिनियरबाट सम्भाव्यता अध्ययन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang-airport

विजय थापा
अमेरिका । खोटाङ जिल्लाको डाँडागाउँ गाविस पिपलडाँडा–७ मा सम्भावित विमानस्थलको संभावना देखिएको छ ।  इन्जिनियर मिलन कुमार राईले त्यसको   अध्ययन पुरा गर्नुभएको हो ।

‘संभावना अध्ययनबाट उक्त स्थलमा विमानस्थल बन्न सक्ने देखिएको छ,’ राईले भन्नुभयो, ‘यसबाट प्रत्यक्ष रुपमा ८ खोटाङका ८ गाविस लाभान्वित हुनेछन् ।’  याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, सप्तेश्वर छितापोखरी, छोरोम्बो  बतासे र राजापानी गासिवसका वासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने उहाँले बताउनुभयो ।
khotang-airport1
खोटाङ जिल्लामा  कच्ची बाटो जताततै भए पनि यात्रुबाहक बस सेवा नियमित रुपमा अझैसम्म पुग्न सकेको छैन । यस जिल्लामा तीन वटा विमानस्थल छन् । तर, ती विमानस्थलमा चल्ने विमानले यात्रुको चाप थेग्न सकेका छैनन् ।  अतिआवश्यक कामका लागि अहिले पनि त्यस भेगका वासिन्दाले हेलिकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यस जिल्लाको क्षेत्र नं. १ मा करिव ५० हजार मतदाता भएको जनसंख्यामा २ वटा बिमान स्थल पर्दछ । साप्सुखोला पारि क्षेत्र नं. २ मा पनि करिब ५० हजार मतदाता रहेका छन् । यो क्षेत्रमा भने  एउटा मात्र विमानस्थल रहेको छ ।  यस्तो अवस्थामा उक्त विमानस्थल निर्माण भए त्यस भेगका वासिन्दालाई आवतजावत साथै अतिआवश्यक कामका लागि हेलिकप्टर भाडामा लिनु पर्ने समस्यामा कमी आउने स्थानीहरु बताउछन् ।

इन्जिनियर राईले स्थानीय विद्यालय संचालक समिति, स्थानिय महेन्द्रोदय उच्च माविका शिक्षकहरु, स्थानीय दलका नेताहरु, बुद्धिजिविका साथै सर्वसाधरण गाउँलेहरुसँग पनि उक्त विषयमा परामर्श लिएका जानकारी दिनुभयो ।  परामर्शका क्रममा सर्वसम्मतिबाट पिपलडाँडा विमानस्थलको नाप जाँच माग भएको उहाँको भनाई छ । ‘उहाँहरुबाट सर्वसहमतिमा विमानस्थलको नाप जाँच माग भएपछि सम्भावित विमानस्थलको संभावना अध्ययन गरिएको हो,’ राईले भन्नुभयो ।
khotang-airport2
संभाव्यता अध्ययनपछि स्थानीय विद्यालयका प्रधानाध्यापक नरेश राज राईको अध्यक्षतामा २७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ ।

इन्जिनियर राई अमेरिकामा कार्यरत सरकारी इन्जिनियर हुनुहुन्छ । गैर आवासीय नेपाली अमेरिकाको निवर्तमान उपाध्यक्ष, युनाईटेड किरात राई अगनाइजेशन अफ अमेरिकाका वर्तमान सल्लाहकारका साथै नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनल अमेरिकाका वर्तमान उपाध्यक्षसमेत रहनु भएका राईले उक्त क्षेत्रमा विमानस्थल निर्माणको संभावना रहेको बताउनुभयो ।