८ कार्तिक २०८३, आइतबार

नेम्वाङको प्रस्वाव शीर्ष नेताहरुले सुनेनन्, सहमतिका लागि दलहरु निक्रिय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-parchanda and susilकाठमाडौँ, १८ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमतिमा पुग्न वा सहमति नभए आफूलाई संविधानको प्रारम्भिक विधेयक ल्याउने अधिकार दिन प्रस्ताव गर्नुभएको दोस्रो दिन पनि प्रमुख दलका शीर्ष नेताको बैठक तय हुन सकेको छैन ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यले अहिलेसम्म दलहरुको बैठक तय भएको जानकारी नआएको बताउनुभयो ।

अध्यक्ष नेम्वाङले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा चार दलका शीर्ष नेतालाई आमन्त्रण गरी सो प्रस्ताव गर्नु हुँदा नेताहरुले गम्भीरताका साथ छलफलमा जुट्ने विश्वास दिलाउनुभएको थियो ।

अध्यक्ष नेम्वाङले दिनुभएको समयअनुसार आउँदो सोमबार सम्ममा संविधानका अन्तरवस्तुमा सहमति हुनुपर्नेछ । सो सहमति हुन नसके उहाँ आफैँले मस्यौदा तयार पार्ने प्रस्तावलाई संविधानसभाले अनुमति दिनुपर्ने हुन्छ ।

नेपाली काँग्रेस र एमाले सो प्रस्तावमा सकारात्मक भएपनि एमाओवादी र मधेसी मोर्चा सहमतिको विकल्पलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ ।