बाँके, १८ पुस । कार्यक्रम शुरू हुने तरखरमा थियो। सञ्चालकले कसकसलाई अतिथि बनाउने भन्ने सुरसार गर्दै थिए।
ब्यानरमा तल बसेका जिल्ला पशुसेवा कार्यालय बाँकेका प्रमुख टेकनाथ आचार्य झुलिरहेका थिए। उनी रूमालले मुख छोपदै आफ्नै तालमा भट्भट्टाइरहेका थिए।
‘तपाईहरूले मलाई त चिन्नुहुन्छ नि ? मैले यहाँहरू सबैलाई चिन्न सकिनँ’आचार्य भन्दै थिए।
सधै भेटभइरहने कुखुरा विकास फारम, कुखुरा व्यवसायी र व्यवसाय सम्बद्ध अगुवालाई आचार्यले चिन्न नसक्नुको कारण थियो, उनी मदिराले मातेका थिए।
यति मातेका थिए कि कार्यक्रमको हल नै गनाइरहेको थियो।
आफू भने रूमालले मुख छोपेर बसेको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया