
काठमाडौं, १८ पुस । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको रासनभत्ता बढ्ने भएको छ। आगामी माघ १ गतेदेखि रासनभत्ता प्रहरीले नगदमै पाउने छन् ।
नयाँ व्यवस्थाअनुसार अबदेखि प्रहरीले हाल लिदै आएकोभन्दा मासिक करिब दुई हजारभन्दा बढी रासनभत्ता पाउने भएको समाचार आजको नागरिक दैनिकले छापेको छ।
पहिले टेन्डरका आधारमा राशनभत्ता तय हुने गरेकोमा सरकारले अबदेखि जिल्लास्तरीय दररेट निर्धारण समितिले निकालेको दररेटअनुसार प्रहरीलाई भत्ता दिने व्यवस्था गरेको छ।















प्रतिक्रिया