२९ आश्विन २०८३, बिहिबार

जनप्रदिप उच्च माविको स्वर्णजयन्तिमा भूपू विद्याथीले गरे अक्षयकोषको स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanga-school

दोहा । स्याङजा जिल्लाको उतरी  भेगमा रहेको  श्री जनप्रदिप उच्च माध्यमिक विद्यालयले यही पुस १२ देखि १५ गतेसम्म स्वर्णजयन्ती भव्यता साथ  मनायो । उक्त स्वर्ण जयन्तीमा विविध साँस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा स्थापना कालदेखि सक्रिय भूमिका खेल्ने धनबहादुर गुरुङ र गोविन्दप्रसाद पौडेललाई सम्मान गर्यो ।  यही अवसरमा उक्त विद्यालयका भूपू विद्यार्थीहरुको अथक प्रयासमा ‘भूपू  अक्षयकोष’ समेत स्थापना भयो ।

उक्त विद्यालयमा अध्ययन गरेर विश्वका विभिन्न देशमा अध्ययन र कामको सिलसिलामा गएका भूपू विद्यार्थीले उक्त अक्षय कोषमा केही रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुशार अहिलेसम्म कोषमा करिब १० लाख  रुपैयाँ संकलन भएको छ ।  उक्त विद्यालयका भूपू बिध्यार्थी तथा कतारका लागि अक्षय कोष आर्थिक संकलन संयोजक अम्बिका पौडेल तथा बेलायतमा कार्यरत इन्द्रबहादुर क्षत्रीको अवधारणामा अक्षयकोषको स्थापना भएको सापकोटाले जानकारी दिनुभयो ।

अक्षय कोषको स्थापनामा कतार तथा नेपालमा रहनु भएका भूपू विद्यार्थीहरुको प्रमुख भूमिका रहेको बुझिएको छ ।  कतारका लागि अक्षय कोष आर्थिक संकलन संयोजक अम्बिका पौडेल सुरुमा १० लाख रुपैयाँको  अक्षयकोष खडा गरिएको भएपनि पछि  रकम बढाउदै लैजाने र यसलाई पछि  २  करोडसम्म पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

‘अक्षयकोषको धनराशी बढ्दै जाँदा  त्यसबाट आम्दानी हुने रकमबाट विद्यार्थीले पाउने सहयोगको  रकम पनि बढाउँदै लैजाने तयारी छ,’ पौड्यालले भन्नुभयो ।

तत्तकाललाई उक्त विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित, निमुखा र जेहन्दार विद्यार्थीलाई  छात्रवृत्ति तथा कक्षा  ६ देखि १० सम्मका   छात्रछात्राहरुलाई निशुल्क   कम्प्युटर शिक्षा अध्यानको  व्यवस्था गरिने  उहाँको भनाई छ ।

विद्यालयको अक्षयकोषको  स्थापनामा पाँच हजार एक रुपैयाँ भन्दा  माथि सहयोग गर्ने सहयोगीहरुलाई  सम्मान पत्र तथा सिलालेखमा नाम लेखिने व्यवस्था  गरिएको छ ।