बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

सन् २०१४ मा पूर्वी नाका भएर करिब नौ हजार पर्यटक भित्रिए

दैनिक नेपाल २०७१ पुष १७ गते ११:५४

turist-nepalझापा, १७ पुस । पूर्वी नाका काँकडभिट्टा भएर सन् २०१४ मा नौ हजार ९४९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अध्ययागमन कार्यालय झापाका प्रमुख रामप्रसाद फुयाँलले दिनुभएको जानकारीअनुसार सन् २०१४ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्ममा काँकडभिट्टा नाका भएर ती पर्यटक नेपाल भित्रिएका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा चार हजार २९८ ले बढी हो । अघिल्लो वर्ष पाँच हजार ६५१ जना पर्यटक नेपाल भित्रिएको अध्ययागमन कार्यालयका प्रमुख फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा तीन हजार २३४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । नेपाल भित्रने पर्यटकमध्ये सबैभन्दा बढी बङ्गलादेशी रहेका छन् । जसमध्ये पाँच हजार ५५६ जना बङ्गलादेशी नागरिक र सबैभन्दा कम तीन जना श्रीलङ्काका नागरिक नेपाल भित्रिएको बताइएको छ ।

यसैबीच सन् २०१४ मा नौ हजार ४३२ पर्यटक उक्त नाका हुँदै बाहिरिएका छन् । सोही अवधिमा विभिन्न तेस्रो मुलुक जाने नेपालीको सङ्ख्या तीन हजार २२२ जना रहेका छन् ।

बर्सेनि पर्यटक भित्र्ने क्रम बढिरहेको र पूर्वी नाकामा पर्यटन प्रहरी समेतले सेवा दिन थालेपछि पर्यटकले शान्ति सुरक्षाको महसुस गर्नुका साथै उत्साहजनक रुपमा पर्यटकको आगमनमा वृद्धि भएको फुयाँलको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित