गौशाला, १७ पुस । महोत्तरी पर्सा देवाड गाविसका सयौँ बालिका विद्यालय शिक्षाबाट वञ्चित छन् ।
विद्यालय शिक्षाबाट वञ्चित भएका बालिकालाई विद्यालयमा भर्ना गराउनका लागि महिला तथा बालबालिका कार्यालय र शिक्षा कार्यालय महोत्तरीले पर्सादेवाड गाविसमा किशोरकिशोरी गोष्ठी, बालिकालाई विद्यालयमा पठाउनुपर्छ जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सो गाविसमा मदरसा शिक्षा लिएपछि अभिभावकले बालिकालाई विद्यालय नै नपठाउने परम्परा रहेको छ । मुस्लिम समुदायमा शिक्षाको उज्यालो पु¥याउन समुदायबाटै जेनतेन सञ्चालनमा रहेका मदरसा (मुस्लिम भाषामा पढाइने स्थानीय विद्यालय) मा अध्ययन गरेपछि अभिभावक बीचमै बालिकालाई पढाइ छोडाउने गरेका कारण उनीहरु निम्न माध्यमिक शिक्षाबाट वञ्चित भएका हुन् ।
विद्यालय जाने उमेरमा टोलछिमेक वा बुबा आमाले छोरी पढाउनुपर्ने हेक्का नराखेकाले सानै उमेरदेखि घरको कामकाजमा लगाउने गरेका सो क्षेत्रमा छोरीलाई दश वर्षसम्मको उमेरमा मात्र मदरसामा मुस्लिम शिक्षा दिने गरेको छ ।
मदरसामा मुस्लिम शिक्षा दश वर्षसम्म हासिल गरे पछि उनीहरु गाउँमै रहेका निमावि र बसपिट्ठीमा रहेका माविमा अध्ययन गर्ने जाँदैन । रुढीवादी विचारधाराका अभिभावकले छोरी अक्षर चिन्ने भइसकेपछि उनीहरुलाई निम्न माध्यमिक शिक्षा हासिल गर्नबाट वञ्चित गराउने गरेका छन् ।
गाउँमा पढ्न बालबालिकालाई हौस्याउने भन्दा दुरुत्साहन गर्ने वातावरण भएकाले छोरीहरु मदरसा शिक्षा हासिल गरे पछि निम्न माध्यमिक शिक्षा प्राप्त गर्नबाट वञ्चित हुने गरेको पर्सादेवाडबाट एसएलसी उत्तीर्ण गरेकी चाँदनी खातुनले बताउनुभयो ।
छवटा मदरसा रहेको सो गाविसमा एक हजार २०० बालिका रहेका मुस्लिम सामुदायका ८०० बालिका मदरसामा मुस्लिमका शिक्षा हासिल गरिरहेका छन् भने दुई जना मात्र एसएलसी उत्तीर्ण गरेका छन् ।
सरकारी मान्यताअनुसार मदरसा उत्तीर्ण भएपछि स्वतः प्रावि उत्तीर्णको मान्यता हुन्छ । हाम्रा दिदीबहिनी सबै मदरसा पढेका छन् । तर सरकारी विद्यालयमा पढन जाँदैन । पर्सा देवाड गाउँमा मुस्लिम बालिकालाई विद्यालय शिक्षामा अग्रसर गराउनका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका महिला तथा बालबालिका कार्यालय महोत्तरीका प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले बताउनुभयो ।
मदरसा शिक्षालाई सामुदायिक विद्यालयसरह बनाउन पाठ्यक्रम विकास केन्द्रले मदरसा शिक्षामै आधारित रहेर १ देखि ५ कक्षासम्मको पाठ्यक्रम स्वीकृत गरे पनि उनीहरुले सो पाठ्यक्रम पढाउने गरेको छैन । मदरसामा आ–आफ्नै ढङ्गले पाठ्यपुस्तक र इस्लाम धर्मसम्बन्धी पाठ्यपुस्तक पठनपाठन हुने गरेको छ ।
मदरसा शिक्षाकै कारण मुस्लिम बालबालिका मदरसामा पाँच वर्षसम्म पढ्दा सरकारी सामुदायिक विद्यालयमा कक्षा ६ मा भर्ना हुन पाउँदैनन् । जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले मुस्लिम बालिकालाई विद्यालय शिक्षामा भर्ना गराउनका लागि उनीहरुका परिवारजनलाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया