बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

पर्यटन व्यवसायलाई प्रबर्द्धन गर्न सबैको पहल आवश्यक

दैनिक नेपाल २०७१ पुष १७ गते ८:५६

विराटनगर, १७ पुस । पूर्वाञ्चलको पर्यटन व्यवसायलाई प्रबर्द्धन  गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिइएको छ

नेपाल–भारत मैत्री युवा सङ्घद्वारा पूर्वाञ्चल क्षेत्रमा ‘पर्यटन प्रबद्र्धनमा हाम्रो भूमिका’ विषयक हिजो यहाँ आयोजित अन्तरक्रियामा सहभागीहरुले भारतबाट आउने पर्यटकलाई राम्रो आतिथ्य गराउन सके यस क्षेत्रको पर्यटन व्यवसायले कोल्टे फेर्न सक्ने बताएका थिए ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख नवराज सिलवालले होटल व्यवसायीलाई लक्षित गर्दै सबैले आफ्नो नैतिक मूल्य मान्यतामा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

पूर्वाञ्चल पर्यटन बोर्डका प्रमुख डिल्ली अधिकारीले प्रचारप्रसारको अभावमा कारण भारतीय पर्यटक नेपालको प्राकृतिक सम्पदा सम्बन्धमा अनभिज्ञ रहेकाले प्रचारप्रसारमा तीव्रता ल्याउन आवश्यक रहेको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष मोहम्म नसरुलले भारतका एक प्रतिशत पर्यटकलाई मात्र आकर्षित गर्नसके पूर्वी क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने विचार व्यक्त गर्नुभयो ।

होटल तथा पेय पदार्थ सङ्घका अध्यक्ष बलराम कारंजितले प्रहरीले जांँचमा गरेको कडाइका कारण आफूहरुको व्यवसाय सङ्कटमा परेको दाबी गर्नुभयो ।

सीमावर्ती भारत जोगबनी नगरपञ्चायतका उपप्रमुख नरेश प्रसाद, ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठलगायतले प्रहरीले कारबाही गर्दा निर्दोष भारतीय नागरिक समेत पर्न सक्ने विषयमा सचेत रहनुपर्ने सुझाव दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित