८ कार्तिक २०८३, आइतबार

सुर्खेतमा एक वर्षमा ३ सय ४१ महिलाले गर्भपतन गराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaवीरेन्द्रनगर, १७ पुस । नेपाल परिवार नियोजन सुर्खेतमा यस आवमा ३ सय ४१ महिलाको सुरक्षित गर्भपतन गरिएको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका वरिष्ठ शाखा प्रबन्धक हरि विष्टले विगतको तुलनामा सुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए ।

उनका अनुसार परिवार नियोजनका साधन वितरणमा पनि वृद्धि भएको छ । सन् २०१४ को अन्त्यसम्ममा कण्डम ९७ हजार ६०० वटा, पिल्स छ हजार ६६५ साइकल, डिपो छ हजार ५९५ भाइल वितरण भएको थियो ।

यसैगरी २०७ जना महिलाले पनि कपर्डी सेवा लिएका थिए ।

प्रबन्धक विष्टले आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउन सन् २०१५ मा लागू हुने गरी सिफो नामक नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।