काठमाडौं, १७ पुस । मुलुकमा शान्ति प्रवर्द्धनका लागि शान्ति कोषबाट परिचालित बजेट दुरुपयोग भएको भेटिएको छ ।
नेपाल टेलिभिजनका लागि निकासा भएको १२ करोडमध्ये एक करोड रुपैयाँ नियम विपरीत खर्च भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
विभिन्न कार्यक्रम निर्माणका नाममा टेलिभिजन व्यवस्थापनबाटै केही कर्मचारीलाई मनोमानी रकम बाँडेको भेटियो अख्तियार स्रोतले भन्यो, प्रचलित नियमविपरीत निकै महंगोमा उत्पादन गरिएको कार्यक्रमका कतिपय बिल पनि शंकास्पद छन् ।
द्वन्द्व व्यवस्थापन र शान्ति प्रवर्द्धनका लागि विभिन्न दातृ निकायबाट प्राप्त सहयोग शान्ति कोषबाट परिचालन भइरहेको छ ।
त्यसै अभियानअन्तर्गत गत वर्ष कोषले टेलिभिजन कार्यक्रम निर्माणका लागि नेपाल टेलिभिजनलाई १२ करोड रुपैयाँ निकासा दिएको थियो ।
विभिन्न ७ वटा कार्यक्रम निर्माणका क्रममा मनोमनी रूपमा रकम निर्धारण गरिएको हो ।
पिस क्विज नामक हाजिरी जवाज प्रतियोगिताका लागि प्रति भाग एक लाख २ हजार रुपैयाँका दरले ५२ अंक निर्माणको तयारी भएको थियो ।
त्यसैगरी पिस फोरमका लागि २५, शान्ति टेलिचलचित्रका लागि ५५ हजार रुपैयाँसम्म निर्धारण गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
शान्ति दुत, शान्तिको खोजी, शान्ति सन्देशलगायतका कार्यक्रमका नाममा पेस्की दिइएको अख्तियार स्रोतले बतायो ।















प्रतिक्रिया