१ कार्तिक २०८३, शनिबार

पाँच देशमा प्रहरी संयन्त्र राख्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police
काठमाडौं, १७ पुस । अन्तरदेशीय अपराध नियन्त्रण र वैदेशिक रोजगारमा गएका नेपालीको समस्या सुनुवाइमा सघाउन भन्दै नेपाल प्रहरीले खाडी क्षेत्रका दुईसहित पाँच देशमा प्रहरी संयन्त्र राख्न सरकारसँग प्रस्ताव गरेको छ ।

नेपाली घनत्व बढी भएका र नेपालमा हुने अपराधमा संलग्नता बढेका आधार खुलाउँदै प्रहरी प्रधान कार्यालयले यही साता खाडी देश कतार, साउदी अरेबिया एवं मलेसिया, बंगलादेश र चीनमा प्रहरी सहचारी राख्न गृह मन्त्रालय समक्ष लिखित प्रस्ताव गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

नेपाली कामदारसँग जोडिएका पेसागत र भौतिक सुरक्षा, लागूऔषध, मुद्रा, मानवतस्करी लगायत अन्तरदेशीय अपराध अनुसन्धान नियन्त्रण र सूचना आदानप्रदान समन्वयमा प्रहरी भूमिका जरुरी देखिएको प्रस्तावमा भनिएको छ ।