
काठमाडौँ, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१५ को पुर्व सन्ध्यामा काठमाडौंमा रौनकता देखियो । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरियो भने अन्य ठाउँमा पनि नयाँ बर्षको रन्को थियो ।
ठमेल पर्यटन विकास परिषदले नयाँ वर्षका अवसरमा ख्याती प्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम गरेको छ भने प्रस्तुति हेर्नका लागि विदेशी तथा स्वदेशी युवायुवतीको ठुलो संख्यामा भीड लागेको छ । ठमेलका होटल, क्याफेमा परिवार, साथीभाई एक आपसमा शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ । ठमेलमा बुधबारदेखि सोलार सडक बत्तीको समेत जडान गरी शुभारम्भ गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्ने सरकारको मुख्य लक्ष्य रहेको र २०१५ मा पनि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।















प्रतिक्रिया