८ कार्तिक २०८३, आइतबार

भारतमा जलेका सात नेपालीका परिवार भन्छन्– ‘अन्तिम पटक भएपनि मुख हेर्न पाउँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा, १६ पुस । भारतको मुम्बइस्थित भिवन्डी भन्ने स्थानमा जलेर ज्यान गुमाएका मृतकका परिवारले नेपालमै शवको सत्गत् गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

आफन्तको मृत्युले शोकमा डुबेका उनीहरुले अन्तिमपटक भए पनि मुख हेर्नेसम्मको मौका मिलाइदिन आग्रह गरेका हुन् ।

गत पुस ११ गते काठ उद्योगमा जलेर कुशहवा–८ सतभराका पाँच र बरइपुरका दुई गरी सातजनाको मृत्यु भएको थियो भने सतभाराकै तीनजना सख्त घाइते भएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै मृतक परिवारमध्येका तीनजना १२ गते बिहानै मुम्बइतर्फ लागेका थिए । भएका दुई छोरा ३२ वर्षीय गौरी र २५ वर्षीय राजु लोनियाको अकालमा मृत्यु भएपछि आमा उत्तमा अहिले पनि चिन्तामा हुनुहुन्छ ।

‘छोराहरुको ज्यान त गयो, उनीहरुको मुखसम्म हेर्ने इच्छा छ, यसका लागि कसैले पहल गरिदिए हुन्थ्यो’, उहाँले इच्छा जाहेर गर्नुभयो । उता मृतक राजुकी श्रीमती विद्यामतिको पनि एकपटक श्रीमान्को मुखसम्म हेर्ने चाहना व्यक्त गर्नुभयो ।’

‘एकपटक भए पनि अनुहारसम्म हेर्न मन थियो’, उहाँले भन्नुभयो । मृतक सातजना परिवारसहित गाउँलेलेसमेत शवलाई गाउँमै ल्याउन पहल गरिदिन माग गरेका छन् ।’ उता प्रजिअ विनोदप्रकाश सिंहले घटनाका विषयमा नेपालका तर्फबाट भारतका लागि कार्यबाहक राजदूत कृष्ण ढकालले जानकारी गराउँदै मृतक र घाइतेको लिष्ट पठाएको बताउनुभयो ।

‘शव र क्षतिपूर्तिका लागि ढकालले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ आपूmसँग टेलिफोनमा भएको कुराकानीबारे जानकारी गराउँदै उहाँले भन्नुभयो ।

मृतकका परिवार सोमबार दिउँसोसम्म पनि मुम्बइ भने नपुगेको आपूmलाई जानकारी आएको उहाँले बताउनुभयो । उता शव नेपाल ल्याउन तथा भारत र नेपाल सरकारबाट क्षतिपूर्ति र राहतका लागिसमेत जिल्लाका नेताहरु दीपकुमार उपाध्याय, सुरेन्द्र आचार्य लगायतले समेत पहल गर्नुभएको छ ।

क्षतिपूर्ति पाउने सम्भावना भए पनि मृतकको शरीर चिन्नै नसकिने गरी जलेकाले मुम्बइमा शवको सद्गत् गर्ने सम्भावना रहेको बताइएको छ ।

घटनामा सतभराका गौरी र राजु लोनिया, मुन्नीलाल यादव, लौटु मुराउ र सनी रैदासको जलेर मृत्यु भएको थियोे । घटनामा सोही गाविसका तीनजना युवा सख्त घाइते भएका छन् ।

घाइते विनोद यादव, घिरु लोनिया र दिनेश लोनियाको मुम्बइस्थित अस्पतालमा उपचार भइरहेको गाविस सचिव अनिरुद्ध सिंह कुर्मीले जानकारी दिनुभयो ।

उनीहरु खतरामुुक्त रहेको सिंहले बताउनुभयो । घटनामा बरइपुर–८ का रामदयाल भर र नीरज चौधरीको मृत्यु भएको थियो । सो घटनामा आठजना नेपालीको मृत्यु भएको खबर आए पनि त्यसमध्ये एकजना भारतीय रहेको पुष्टि भएको थियो ।