२८ आश्विन २०८३, बुधबार

अमेरिकाका नेपाली युवाले यसकारण गर्दैछन् आत्महत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pundari-aryal

२ बर्ष अगाडि एक जना अर्घाखाँची घर हुने २४ वर्षीय युवाले आत्महत्या गरे । एक बर्ष अगाडि २२ वर्षीय खनाल थरका काठमाडौँका एक युवकले आत्महत्या गरेका थिए । केहि दिन अगाडि दांग घर हुने २६ बर्षीया मोहन ओलीले आत्महत्या गरे । यी तीन युवकको अमेरिका आउने विभिन्न तरिका र प्रयोजन फरक थिए ।

पहिलो युवा पढन आएका थिए । उनले खुब मेहनत गरेर पढे । उनले अमेरिकाबाट माथिल्लो श्रेणीमा रजिष्ट्रार नरसिंग पुरा गरेका थिए । कलेजबाट १ बर्षकोलागि वर्क परमिट दिएको थियो । त्यो समय भित्र उसले पढाइ अनुसारको काम पाउन सकेनन् । १ वर्शपछी अमेरिकामा बस्न अबैधानिक हुने थियो । कि त उसले मास्टर डिग्री पढन पर्थ्यो । मास्टर डिग्री पढनालाई थुप्रै रकम कलेजमा तिरेपछि मात्र उसले भर्ना पाउथ्यो । तर उनी संग पैसा थिएन । नेपालबाट आमा बा संग पैसा माग्न पनि सकेनन् । उनी अमेरिका पढन पठाउदा बैकबाट ऋण लिएर बाबुले पठाएका थिए । त्यो पैसा समेत उनले घर पठाउन सकेको थिएनन् । पढ्दै गर्दा रात बिरात काम गरेर यहाको फिस पुर्याएर पनि केहि पैसा घर पठाएका थिए । अब पढाइ सकेपछी धेरै पैसा कमाउछु भन्ने थियो । उनी पढन आउदा नरसिंगको जबको लागि अमेरिकामा कागज चाहिन्थेन । तर अब समय फरक भैसकेको थियो । जागिर पाउन ग्रीन कार्ड चाहिन्थ्यो । तर नेपालमा बाबा आमालाइ पैसा पठाउन सकिन भनेर भन्थे रे ! उनले अमेरिकामा जागिर पाइएन नेपाल जान्छु पनि भन्थे रे ! तर नेपाल हुने आफन्तहरुले मान्छे ५० लाख तिरेर अमेरिका छिरेका छन् किन तिमी आउछु भन्छौ भने । उनी नेपाल जान सकेनन् । अमेरिकामा राम्रो काम पाउन सकेनन । नेपाल पैसा पठाउन सकेनन , वा परिवारलाई सन्तोष बनाउन सकेनन , उनले आत्म हत्याको बाटो रोजे ।

दोश्रो युवा जेसँग मेरो घरमा नै भेट भएको पनि थियो । राम्रो सिष्ट र मिठो बोलाइ थियो , ज्याक्सन हाइटमा बस्थे । एक दिन उनको लास इष्ट साइडको नदीमा भेटिएछ । पुलिशले लासलाई हस्पिटल लागेको थियो। म उनको कोठासम्म गएको थिए । मलाइ उनको बारेमा केहि कुरा जानकारी भए । उनी भिन्न नामबाट भुटानीको नाममा शरणार्थी भएर आएका रहेछन । उनको नाम फरक रहेछ । उनको जन्म मिति पनि मिल्थेन । उनले यहा पढें । उनलाई चिन्ने साथीहरुले यहा कलेजमा पढथे । उनले राम्रो काम पाउन पनि सकेनन , उनले न्यु योर्क बस्दा पनि रुम पार्टनरसंग रकम सापटी लिएका पनि रहेछन । होनहार देखिन्थे । असल थिए । खराब संगत पनि थिएँन । तर काम गरेर पैसा कमाउन घरबाट दबाब आइरहेको थियो । उनलाइ त यहा बस्न पटक्कै मन थिएन । तर परिवारले नेपाल नआइज भन्दा रहेछन् ।

तेश्रो मोहन ओली नेपालमा एच. ए थिए । उनकी श्रीमति पनि एच .ए थिइन् । काखमा एक छोरी पनि छन् ! उनी संग मेरो भेट भएको थियो । उनी एक रात म कहाँ बसेका थिए । करिब १ महिना अगाडी म संग भेट भएको थियो । उनले भन्दै थिए – हेर्नुस न मेरो नेपालमा जागिर थियो । ५० लाख दलाललाइ खर्च गरेर सात महिना लगाएर् कहिले भोकै कहिले जेलमा गरि खोला तरेर अमेरिका छिरेको थिए । म लगाएत अरु नेपाली पनि टेक्सासको जेलमा बस्यौ र धरौटीमा छुटे पछी यहा आएको । अनि फेरी टेक्सासमा कामको लागि गए । म निरास भए मलाइ मर्न मन लाग्यो । धेरै स्लिपिंग टेब्लेट औषधि खाएर सुते । साथीहरुले मलाइ हस्पिटल लगेर बचाए । अब म मर्दिन दाइ । म नेपाल फर्किन चाहन्छु । तर मेरो पासपोर्ट छैन ।

मैले उनलाई सम्झाएको थिए । मैले भनें – तिमीले किन यस्तो सोच्छौ ? मलाइ हेर । म अर्काको अंग लिएर बाच्ने उपक्रमलागेको छु । तिमि यस्तो नौजवान मर्ने कुरा सोच्न हुन्छ ?

उनी भन्दै थिए – हैन म मर्दिन , म नेपाल जान्छु । मैले तपाइसंग फेरी भेटछु ।

त्यसपछि उनीसँग मेरो भेटै भएन । एकाएक उनले आत्महत्या गरे भन्ने खबर पाएँ । उनी नेपालमा ऋण धन गरी दलाललाइ ५०लाख् तिरेर आएका थिए । नेपालमा दलालले ४ लाख महिनामा कमाउन सकिन्छ भन्दो रहेछ । यहाँ त्यस्तो छैन । यहाँ मजदुरी गर्नेले खर्च कटाएर १ लाख नेपाली पनि बचाउन सक्दैनन । अर्को कुरा काम पाउन कागज चाहिन्छ । पाए पनि कागज नभेएकालाई थोरै पैसामा काममा लगाउछन । घर बाट बारबार पैसा पठाउन फोन गर्छन । यहा पैसा हुदैन । परिवारसंग विछोड एकातिर छ , नेपालको ऋण र ब्याज एकातिर छ । नेपाल फर्कन्छु भन्दा आफन्तले अमेरिका पुगेको मान्छे कहिँ नेपाल फर्कन्छ भनेर भन्छन यहि कारणले गर्दा उ डीप्रेसनमा गएको रहेछ । यी मेरा वरिपरी घटेका आत्महत्या प्रतिनिधि मुलक घटना मात्र हुन् ।

मैले सुने, केहि भुटानी शरणार्थी मध्येले पनि आत्महत्याको बाटो रोजे रे । मैले महसुस गरे की निम्न कारणले नेपालि युवाहरु डिप्रेसनको शिकार भैरहेका छन् र उनीहरुहरुको अन्तिम विकल्पको वा समाधानको बाटोको रुपमा आत्महत्या ठानेर ,उनिगरु यसो गरिरहेका छन । जस्तै: पैसाको मोह, रुची अनुसार काम नपाउनु, भिड भित्रको एकाकिपन, उल्लेकीय उपलब्धि नहुनु, कागजको समस्या, परिवारबाट टाढा हुनु, नेपालमा रहेका परिवारबाट पैसाको लागि ताकेता, नेपाल नफर्कन परिवारको दवाव यिनै कारणले गर्दा यी युवाहरु डिप्रेसन गएका हुन् कि भन्ने लाग्छ ।

उनीहरु डीप्रेसनमा गएर नै आत्मा हत्या गरेका हुन् । सायद उनीहरुको साथमा परिवार र सपोर्ट हुन्थ्यो भने यो अबस्था आउने थिएन । डीप्रेसन एक किसिमको मनोरोग हो । डिप्रेसन आधुनिक समाजमा आम कुरा भैसकेको छ । जुनसुकै बेलामा पनि कसैलाई हुन् सक्छ । बिबिध कारणले अचानक व्यक्तिलाइ निरासा र दुखको आन्तरिक पीडाबोध हुनुलाइ भन्दछन । यसले दैनिक जीवनलाईनै असर पुर्याउन थाल्छ । यस्तो किसिमको पीडाबोध केहि समयको लागि रहन्छ र जान्छ । जब यो घनिभूत हुदै जान्छ अनि यसले खतरनाक मोड लिन जान्छ । धेरै जसो यो रोग पनि हो भनेर चिनीएको हुदैन । डिप्रेसनमा गैसकेकेपछी केहि उपचारले सुधार हुन् जान्छ । यसको लागि औषधि, साइको थेरापी,अति आबस्याक पर्छ र परिवारको साथ् अति आवस्याक हुन्छ । दुखि हुनु , आवेगमा आउनु , निराशाजनक चिन्तन , बिना अर्थमा अपराधबोध हुनु, घृणा र थकान महसुस हुनु , केहि कुरामा पनि इच्छुक नहुनु , कुनै काममा लगाव नहुनु, धेरै खाने, नपच्ने , आत्महत्याको सोच आउनु डिप्रेसनका लक्षणहरु हुन् ।

यो प्राय बंशानुगत , शारीरिक, वातावरण, मानसिक कारणबाट हुन्छ । सबभन्दा ठुलो कारण फ्रस्टेसन नै हो । आफुले सोचे जस्तो नहुनु, सकारात्मक परिणाम नआउनुले यसो हुने गर्छ । डीप्रेसनमा गएको मान्छेलाई तुरुन्त डाक्टरकोमा लग्ने नियमित औषधि खाने स्ट्रेस हुने कुराबाट टाढा राख्नु पर्छ । कोइ न कोई साथमा भएर उसलाई हेर्न पर्ने हुन्छ । पारिवारिक माया आवस्यक पर्छ । यो रोग लागेका मान्छेले आफु रोगि ठान्दैन ।

(अर्याल न्युयोर्कमा बस्छन् । उनको केही समय अगाडि कलेजो ट्रान्सप्लान्ट गरिएको थियो । उनले यसबारेमा कलेजो फेरेको मान्छे नामको पुस्तक पनि लेखेका छन् । )