पोखरा। तमूहरुको महान चाड ल्हु ल्होसारको अवसरमा तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा आयोजित सातौँ खुल्ला सामुहिक तमू नृत्य प्रतियोगितामा डढुवा दुर्छा तमू समाजले उपाधि जितेको छ ।
स्थापनकालदेखि तमू मौलिक प्ये ताँ ल्हु ताँ (संस्कार, संस्कृतिको कुरा) को वकालत गर्दै आएको तमू प्ये ल्हु संघको युवा समितिद्धारा आयोजित सातौँ खुल्ला सामुहिक तमू नृत्य प्रतियोगितामा लमजुङ तमू समाज द्धितिय, सरस्वती उच्च मावि तृतिय र भुजुङ युम्पो तमू समाजले सान्त्वना स्थान हासिल गरेको छ ।
आठ समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुन सफल डढुवा दुर्छा तमू समाजले नगद १५ हजारसहित प्रमाणपत्र र मायाको चिनो, द्धितिय हुन सफल लमजुङ तमू समाजले नगद १० हजारसहित प्रमाणपत्र र मायाको चिनो, तृतिय हुन सफल सरस्वती उच्च माविले नगद ७ हजारसहित प्रमाणपत्र र मायाको चिनो र सान्त्वना हुन सफल भुजुङ युम्पो तमू समाजले ४ हजार नगद सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको साँस्कृतिक संयोजक रुपा ल्हेगे तमूले जानकारी दिनुभयो ।
चलचित्र निर्देशक, गायक एवम् नायक मनोज तमू, नृत्य निर्देशक, चलचित्रकर्मी राज वहादुर तमू र संचारकर्मी शान्ती तमूको निर्णायक मण्डलको समूहले उत्कृष्ट भेषभुषामा कमलपोखरी टोल मार्ग र उत्कृष्ट नृत्य निर्देशकमा रमेश तमूलाई घोषणा गरि नगद र मायाको चिनोले पुरस्कृत गरिएको थियो ।
तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिका अध्यक्ष सृजना प्हच्यु तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विभिन्न व्यक्तिहरुले प्रायोजन गर्नुभएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार मकाउमा कार्यरत युवा समितिका सदस्यद्धय कुमार ल्हेगे तमू र शिव ल्हेगे तमूले, द्धितिय पुरस्कार युवा समितिका हिरा प्ल्हेँ र शिव तमू, तृतिय पुरस्कार महेश लेम तमू र तारा तमूले र सान्त्वना पुरस्कार युवा समितिका सदस्य रोजिना प्हच्यु तमूले प्रायोजन गर्नुभएको थियो ।
यस्तै उत्कृष्ट नृत्य निर्देशकको मलेशियामा कार्यरत युवा समितिका सदस्य चोक ल्हेगे तमु र उत्कृष्ट भेषभुषाको मलेशियामा कार्यरत युवा समितिका सदस्य टेकेन्द्र ल्हेगे तमूले प्रायोजन गर्नुभएको थियो । यस्तै प्रतियोगितामा वितरण गरिएको प्रमाणपत्र पनि मकाउमा कार्यरत शिव ल्हेगे तमू र कुमार ल्हेगे तमूले प्रायोजन गर्नुभएको थियो ।
गत पौष १२ गते युवा समितिका आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रमलाई केन्द्रीय पच्यु समितिका अध्यक्ष कुल प्रसाद क्रोम्छै तमूले प्रायोजन गर्नुभएको थियो । बार्षिक चक्रिय रुपले आइरहने ल्हो अन्र्तगत यस वर्ष तमूहरुले त ल्हो (घोडा वर्ग) को विदाई र ल्हु ल्हो (भेडा वर्ग) को स्वागत गर्दै तमूहरुले ल्होसार भब्यका साथ मनाएको हो । प्रत्येक १२ वर्षपछि पुनः आउने भएकोले ल्होछार नभई ल्होसारको रुपमा तमूहरुले मनाएको पाइन्छ















प्रतिक्रिया