काठमाडौँ, १६ पुस । निजामती सेवा ऐनअनुसार गठित बढुवा समितिको बैठकले सत्र उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
समितिले प्रशासन सेवाका १६ र परराष्ट्र सेवाका १ जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा हुनेमा गणेशप्रसाद ढकाल, माधवप्रसाद गड्तौला, राजु थापा, काशीनाथ मरासिनी, ऋषिराम शर्मा, विष्णुराज लामिछाने,सागरमणि पराजुली, मनोहरप्रसाद खनाल ,केशवप्रसाद रेग्मी छन् ।
त्यसैगरी विष्णुप्रसाद ढकाल,विष्णुप्रसाद पोखरेल, शम्भुप्रसाद घिमिरे, शंकरप्रसाद पौडेल, बलदेव गौतम, मेघनाथ काफ्ले, ध्रुवराज जोशी, पशुपतिनाथ आचार्य पनि बढुवामा परेका छन् ।















प्रतिक्रिया