पथरी, १६ पुस । शान्ति स्थापना र चाडो लोकतान्त्रिक संविधान निमार्णको कामना गर्दै मोरङको चारकोसे झाडीमा दुई समूहले ध्यान गरिरहेका छन् ।
सो समूहले दिनभरि गीता पाठ गर्ने र रात परेपछि आगोको राप तापेर लोकतान्त्रिक संविधान र शान्ति स्थापनाका लागि ध्यान गर्ने समूहका संयोजक डिल्ली पोखरेलले बताउनुभयो । त्यति मात्र होइन मोरङको चारकोसे झाडीस्थित जिरीखिम्ती जङ्गलमा घर्सीराम ओझाको संयोजकत्वमा अर्काे २० जनाको समूहले शान्ति स्थापना र लोकतान्त्रिक संविधान निमार्णका लागि ध्यान सुरु गरेका छन् ।
सो समूहले अबको १० दिन जङ्गलमै ध्यान गर्ने, गीतापाठ गर्ने, खानपिन गर्ने र ध्यान गरेर जङ्गलमै रात बिताउने संयोजक पोखरेलको भनाइ छ । त्यस्तै अर्काे १५ जनाको समूह पनि वयरवनका ध्यान गरिरहेको छ ।
हिन्दु धर्ममा ब्रह्मा, विष्णु र महेश्वरको प्रार्थना गरेर आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । तर यस वर्ष देशमा भइरहेको राजनीतिक अस्थिरताको अन्त्य शान्ति स्थापना र लोकतान्त्रिक संविधान जनताले पाऊन् भन्ने मनोकाङ्क्षासहित मध्यरातमा ध्यान गर्ने सहभागी घर्सी राम ओझाले बताउनुभयो ।















प्रतिक्रिया