३० आश्विन २०८३, शुक्रबार

मलेसियामा एक झापालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesia_SHझापा, १६ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको  कनकाई नगरपालिका–४ सुरुङ्गाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ ।

गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिए ।

उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ ।

मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल  ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबै क्षेत्रसँग सहयोगको याचना गरिन् ।