७ कार्तिक २०८३, शनिबार

रगतको खोलो बगाउनेहरुको प्रवाह नगरी माघ ८ मा संविधानः ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-jhapaझापा, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रकृयालाई छोट्याएर भएपनि माघ ८ मै सविधान जारी गर्नु पर्ने अडान दोहोर्‍याउनु भएको छ ।
झापाको विर्तामोडमा नेकपा एमाले झापाको प्रथम जिल्ला परिषद् भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले कुनै पनि हालतमा देशलाई अनिर्णयको बन्दी बनाउनु नहुने भन्दै बहुमत प्रक्रियाबाट भए पनि माघ ८ मै संविधान जारी गर्ने दाबी गर्नुभयो ।
‘काँग्रेस, एमालेलगायतका दलसँग स्पष्ट दुइतिहाइ  बहुमत छ,’ उहाँले चेतवनीको शैलीमा भन्नुभयो, ‘प्रक्रियाबाट संविधान जारी गरे रगतको खोलो बगाउँछौँ भन्नेहरुको समेत प्रवाह नगरी माघ ८ मै सविधान जारी गर्छौ ।’

कार्यक्रममा प्रमुख सचेतक अग्नि खरेलले पनि माघ ८ मै संविधान जारी हुने दाबी गर्नुभयो । उहाँले एमाले सात प्रदेश भन्दामाथि जान नसक्ने बरु पाँच वा चार प्रदेशमा झर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु तथा सभासद्हरु नरेश खरेल, रविन कोइराला, जिवन घिमिरे,राजकुमार भण्डारी, जितु गौतम, मनकुमार गौतम लगाएतले बोल्नुभएको थियो ।
दुईदिनसम्म सञ्चालन हुने परिषद भेलाले पार्टीका झापा अध्यक्ष लगाएत रिक्त पदलाई पूर्णता दिनेछ ।