इन्डोनेसिया, १५ पुस । तीनदेखि हराइरहेको एयर एसियाको जहाजका ४० जना भन्दा बढी यात्रुको शव फेला परेको छ ।
जहाजको खोजी कार्यमा संलग्न इण्डोनेसियाका अधिकारीहरुले जाभा समुन्द्रबाट कम्तीमा पनि ४० जनाको शव निकाल्न सफल भएको बताएका छन् । समुन्द्रमा भेटिएका लगभग १० वटा पार्टपूर्जालाई संकलन गर्ने क्रममा हराइरहेको विमानमा सवार यात्रुहरुको लास देखिएको थियो । लासहरुलाई अहिले समुद्रबाट निकालेर इन्डोनेसियाको नेभीको जहाजमा लगिएको छ । यतिबेला इन्डोनेशिया र मलेसिया शोकमा डुबेको छ । जहाजमा अधिकांश इन्डोनेशियाका नागरिक थिए ।
खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले यसअघि समुद्रमा हराएको विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका थिए । एयर एसियाको जहाज आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेको केही बेरपछि नै बेपत्ता भएको थियो ।
एयर फोर्सका अधिकारीले मध्य कालिमातान प्रदेशको समुद्रमा शव उत्खनन् र जहाज खोजी गरिरहेका छन् । जहाजको अन्तिम सम्पर्क विच्छेद भएको स्थान नजिकै ती वस्तु भेटिएकोले उक्त जहाज त्यहीँ दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको इन्डोनेशियाका अधिकारीले जानकारी दिए । एजेन्सी























प्रतिक्रिया