७ कार्तिक २०८३, शनिबार

केयूमा तालावन्दी, विद्यार्थीले नाटक देखाएको प्रशासनको आरोप

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmanduuniversityरामसुन्दर आचार्य
काभ्रे, १५ पुस । काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) का विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थी कल्याण निर्देशानालयमा ताला लगाएका छन् ।

उनीहरुले आर्थिक अनियमितताको छानविन गर्नुपर्ने, विद्यार्थी कल्याण परिषद्को निर्वाचन तुरुन्त गर्नुपर्ने लगायतका माग राख्दै राख्दै मंगलबारबाट अनिश्चितकालिन तालवन्दी गरेका हुन् ।

विद्यार्थी कल्याण परिषद्को निर्वाचन नभएको मौका छोपी विद्यार्थी कल्याण निर्देशानालय केयूका पदाधिकारीले विद्यार्थीहरुको रकम दुरुपयोग गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले संयुक्तरुपमा तालावन्दी गरेका हुन् ।

‘विद्यार्थीहरुसँग भर्ना हुँदा कल्याण परिषद् मार्फत सहभागिताको क्षेत्रमा खर्च गर्ने भन्दै उठाएको रकम अब केयूले फिर्ता गर्नुपर्छ,’ अनेरास्ववियु केयूका अध्यक्ष पुजन गौतमले भने, ‘हाम्रो माग पुरा भएन भने अहिले  केयूको  निर्देशानालयमा मात्रै ताला लगाएको छौँ, विस्तारै हाम्रो आन्दोलनलाई केयू निर्देशानालयले थेक्न सक्दैन् ।’

उनले गरिब जनताका छोराछोरीको पैसामा मनोमानी गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।  नेविसंघ केयू सभापति अर्जुन थापाले विद्यार्थीहरुलाई राजनीति गर्न हुँदैन भनेर आफैँ राजनीति गरेर गर्ने विश्वविद्यालय प्रशासनको विरोध गरे ।  ‘अब अख्तियार जानुको विकल्प छैन,’ उनले भने ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष अमित खत्रिले विद्यार्थी कल्याण परिषद्को निर्वाचन र विद्यार्थीहरुको रकम हिनामिनाका विषयमा डिन, रजिष्ट्रार र उपकुलपति रहेको एउटा समिती बनाएर  निर्देशानालयमा रहेका कर्मचारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।

अनेरास्ववियु क्रान्तिकारी (वैद्य) का अध्यक्ष नरेन्द्र सिंहले केयू निर्देशानालयले विद्यार्थीहरुलाई गुम्ब्रामा राखेर अनियमिता गरेको आरोप लगाए । निर्देशानालयले कल्याण परिषद्ले खर्च गर्नुपर्ने भनि उल्लेख गरेको रकममा निर्वाचनको मिति तोक्दै  निर्वाचन नगराउँने खेलमा लागेर प्रशासनिक खर्चहरु गरेको विद्यार्थी संगठनहरुको आरोप छ ।

केयूमा राजनीतिक संगठनहरु खेल्न नपाइने विद्यानमा व्यवस्था छ र स्ववियुको सट्टा विद्यार्थी कल्याण परिषद् रहेको छ । परिषद्लाई स्ववियुको सरह अधिकार दिएको हुन्छ । तर केयूमा कल्याण परिषद्को निर्वाचन नगराइ प्रशासनिक खर्चमा दोब्बर अभिलेख राख्ने गरेको भन्दै विद्यार्थी संगठनहरु अन्दोलनमा उत्रिएका हुन ।

केयू विद्यार्थी कल्याण निर्देशानालयका निर्देशक प्राडा कहैया झाले विद्यार्थीहरुले लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनुभयो ।  उहाँले विद्यार्थी संगठनहरुले नाटक देखाएको आरोप लगाउनुभयो ।

केयूमा ४ वर्ष देखि विद्यार्थी कल्याण परिषद्को निर्वाचन हुन सकेको छैन् । स्रोतका अनुसार उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठ र रजिष्ट्रार भोला थापा आफुहरु यो विषयमा अनविज्ञ भन्दै पहिलेदेखि नै पन्छिदैँ आएका छन् ।

चार वर्षसम्म निर्वाचन नगराई विद्यार्थीका लागि उठाएको रकम ८० लाख  मसलन्द खर्चमा देखाइएको छ ।  स्विमिङ पुलको खाल्डो मात्रै खन्न विश्वविद्ययालयले २० लाख रुपैया खर्च गरेको लेखा अभिलेखमा उल्लेख गरेको छ ।

निर्देशानालयले ४६ हजार ८ सय रकमको बिललाइ दुइतिरको खर्चमा देखाएको छ । अन्य विविध खर्च पनि मनोमानी गरेको देखिन्छ । यस विषयमा दैनिक नेपालसँग  कुरा गर्दै निर्देशानायका कर्मचारीहरुले लेखा शाखालाई दोषारोपण गरेका छन् ।