याम वि.सी
दोहा । धनकुटा सेवा समाज दोहा, कतारको आयोजनामा नयाँ वर्ष २०१५ को अबसरमा यही आउँदो १६ जनवरीमा सहानिया गार्डेनमा बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
‘धनकुटा प्रवासी समाजको चाहना, शुद्ध सामाजिक भावना’ भन्ने मुल नारा का साथ बनभोज कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष दुर्गा तामाङले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा कतारमा रहेका धनकुटाबासीहरुको सामाजिक साझा संस्था रुपमा बिभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको यस संस्थाले विगतमा यस्ता कार्यक्रम गर्दै आएाके थियो ।
रमाइलो बनभोज कार्यक्रममा गैरआवसीय नेपाली तारा २०१४ का उपविजेता धनकुटेली गायक दिवस याख्या तथा चर्चित गायक राजेन्द्र महरा, सनिला दोङ्ग, तामा थापाका साथै स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने छ ।
कार्यक्रम स्थलसम्म जान आउन यातयातको समेत ब्यवस्था गरिएको छ भने टिकट दर पुरुषको लागि ३५ तथा महिलाको लागि २० रहेको आयोजकले जानकारी दिएको छ ।













प्रतिक्रिया