७ कार्तिक २०८३, शनिबार

माघ ८ मा संविधान असम्भव: अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatविराटनगर, १५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले जसरी पनि माघ ८ मा संविधान जारी गर्ने दाबी गरिरहेका बेला उनकै एक मन्त्रीले भने माघ ८ मा संविधान जारी गर्न नसकिने बताएका छन् ।

मंगलबार विराटनगरमा  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री डा. रामशरण महतले आगामी माघ ८ मा संविधान जारी गर्ने समयसीमा टरेर गएको दाबी गर्नुभयो ।

उहाँले प्रक्रिया छोटाएर अघि बढे पनि निर्धारित मितिमा संविधान जारी गर्न असम्भव रहेको बताउनुभयो ।

संविधानका मूलभूत विषयमै सहमति हुन नसकेको भन्दै उहाँले माघ ८ मा संविधान नआउने दाबी गर्नुभयो ।